दफा ३०
कसूर तथा दण्ड सजाय
: (१) दफा ११ बमोजिम परिषद्मा नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई दशहजार रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ।
(२क) दफा २१क. बमोजिम परिषद्बाट मान्यता प्राप्त नगरी शिक्षण संस्था सञ्चालन गरेमा परिषद्ले तोकिए बमोजिम कारबाही गर्न सक्नेछ।
(३) उपदफा (२) र (रक) मा उल्लेख भएदेखि बाहेक यो ऐन: वा- यस ऐन अन्तर्गत बनेको नियमको प्रतिकूल हुने गरी कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(४) व्यावसायिक आचार संहिताको उल्लङ्घन गर्ने वा पालना नगर्ने दर्तावाला इन्जिनियरलाई परिषद्ले देहाय बमोजिमको सजाय गर्न सक्नेछः-
(क) सचेत गराउने, मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लाग हनेछ।
(ख) कुनै खास अवधिको लागि इन्जिनियरिङ व्यवसाय गर्न नपाउने गरी नाम दर्ता प्रमाण पत्र निलम्बन गर्ने,
(ग) दर्ता किताबबाट नाम हटाउने। तर त्यसरी सजाय गर्नु अघि निजलाई सफाइ पेश गर्ने मौका दिनु पर्नेछ।
(५) उपदफा (४) को िण्ड (ग) बमोन्िम दताि किताबबाट नाम हटाइएको ८ इन्जिनियरले प्रचलित कानून बमोजिम कारबाही हुने कुनै काम गरेको रहेछ भने त्यस्तो इन्जिनियरलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सकिनेछ।